Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सम्पत्ति विवरण विवादमा गृहमन्त्री सुधन गुरुङको कडा प्रतिक्रिया

सम्पत्ति विवरण विवादमा गृहमन्त्री सुधन गुरुङको कडा प्रतिक्रिया

काठमाडौँ । सम्पत्ति विवरणलाई लिएर उठेको प्रश्न र आलोचनापछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत विस्तृत प्रतिक्रिया दिएका छन्।

उनले आफ्नो भनाइमा जीवन र आर्थिक अवस्थाबारे दार्शनिक शैलीमा टिप्पणी गर्दै गरिबी जन्मसँग मात्र जोडेर हेर्न नहुने बताएका छन्।  उनका अनुसार जीवनमा अवसर र मेहनतको सही उपयोग गर्न नसक्दा आर्थिक अवस्था परिवर्तन नहुन सक्छ।

साथै, उनले सरकारी पदमा नआउँदै व्यक्तिगत मेहनत र व्यवसायबाट कमाइ गर्नुलाई गलत नठान्नुपर्ने तर्क गरेका छन्। तर, सार्वजनिक पदमा पुगेपछि भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गर्नु भने स्पष्ट रूपमा गलत हुने उनको भनाइ छ।

उनले लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो।’

उनले अगाडि लेखेका छन्, ‘सरकारमा आउनअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो।’