Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वास्थ्य बीमा बोर्ड विवाद चुलियो, दुई उच्च अधिकारीलाई तीन दिनभित्र स्पष्टीकरण माग

स्वास्थ्य बीमा बोर्ड विवाद चुलियो, दुई उच्च अधिकारीलाई तीन दिनभित्र स्पष्टीकरण माग

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको छ। स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति सम्बन्धी विवादित विषयमा उनीहरूलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको हो।

मन्त्रालयका अनुसार बोर्ड सदस्यको नियुक्ति, बैठकमा उपस्थिति तथा निर्णय प्रक्रियासम्बन्धी विषयमा सञ्चारमाध्यममा सार्वजनिक भएका विवरणपछि स्पष्टीकरण मागिएको हो। पत्रमा उनीहरूको संलग्नता र भूमिकाबारे स्पष्ट विवरण पेश गर्न भनिएको छ।

सञ्चारमाध्यममा माइन्युट, निर्णय तथा उपस्थितिसँग सम्बन्धित कागजात मिलाउने काममा कर्मचारीको भूमिका रहेको दाबी सार्वजनिक भएपछि विषय थप संवेदनशील बनेको हो।

यसैबीच, निस्क्रिय भइसकेको बोर्ड सदस्य जुनु श्रेष्ठलाई पुनः बैठकमा सहभागी गराइएको विषय पनि विवादमा आएको छ। उनी पूर्व मन्त्री दीपक साहकी श्रीमती भएको उल्लेख गर्दै पदीय मर्यादाको दुरुपयोग भएको आरोप समेत उठेको छ।