काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरसफाइ, सुरक्षा र गोपनीयता सुनिश्चित हुने गरी स्तनपान कक्ष सञ्चालन गर्नुपर्ने बताएको छ। आवश्यकताअनुसार यस्ता कक्षहरूको स्तरोन्नति गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
त्यसैगरी बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाहकक्ष सञ्चालन गर्न समेत विमानस्थलहरूलाई निर्देशन दिइएको छ।