काठमाडौँ । शिशिर खनाल र एस. जयशंकर बीच शुक्रबार मौरिससको पोर्ट लुइसमा द्विपक्षीय भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालय का अनुसार नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा त्यहाँ रहेका खनालले भारतीय समकक्षीसँग भेट गरेका हुन्।
खनाल सम्मेलनमा भाग लिन बिहीबार मौरिसस पुगेका थिए। भेटवार्तामा नेपाल–भारत सम्बन्ध र साझा चासोका विषयमा छलफल भएको बताइएको छ।