काठमाडौँ । कतारले रमदानको अवसर पारेर तीन नेपाली नागरिकलाई आममाफी दिएको छ।
परराष्ट्र मन्त्रालय का प्रवक्ता लोक बहादुर पौडेल क्षेत्री का अनुसार कतारी आमिरले उक्त आममाफी प्रदान गरेका हुन्।
रमदान को अवसरमा प्रत्येक वर्षझैं यसपटक पनि कतारले विशेष क्षमादान घोषणा गरेको हो, जसअन्तर्गत नेपाली नागरिकहरू पनि समेटिएका छन्।