काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत प्रधानमन्त्री बालेन्द्र शाह ले दुई जना नयाँ मन्त्री नियुक्त गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दुवै मन्त्रीको शपथ आजै हुने तयारी छ, यद्यपि राष्ट्रपति कार्यालयले भने समय अझै तय नभएको जनाएको छ।
स्रोतका अनुसार रामजी यादव लाई श्रम मन्त्रालय र गौरी कुमारी यादव लाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने तयारी गरिएको छ।
रामजी यादव सप्तरी–२ बाट निर्वाचित सांसद हुन् भने गौरी कुमारी यादव महोत्तरी–४ बाट निर्वाचित सांसद हुन्।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह लाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए। उद्योग मन्त्रालय भने सरकार गठनयता प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए।
नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद् विस्तार औपचारिक रूपमा अघि बढ्ने तयारी भएको बताइएको छ।