काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्ने भएको छ।
बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको हो।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी का अनुसार बैठकमा उपसभामुख निर्वाचन सम्बन्धी विषयमा छलफल हुने तथा अन्य समसामयिक राजनीतिक मुद्दामा पनि विचार–विमर्श गरिनेछ।
बैठकलाई आगामी संसदीय रणनीति तय गर्ने दृष्टिले महत्वपूर्ण मानिएको छ।