काठमाडौँ । औषधिको मूल्यवृद्धि सम्बन्धी विवादले सरकारी तहमा हलचल ल्याएको छ। कानुनी प्रक्रिया नपुगेको आरोपपछि नारायण ढकाललाई जिम्मेवारीबाट तानेर मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभाग का महानिर्देशक रहेका ढकालविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेपछि मन्त्री निशा मेहता ले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई मन्त्रालयमा बोलाएकी हुन्।
यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले स्वास्थ्य सचिव डा. विकास देवकोटा लाई ७ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको स्रोतले जनाएको छ।