काठमाडौँ । सरकारले बढाएको सार्वजनिक सवारी भाडा विद्युतीय सवारीसाधनमा लागू नहुने स्पष्ट गरिएको छ। बुधबार करिब १७ प्रतिशत भाडा वृद्धि गरिए पनि यो दर इन्धन प्रयोग गर्ने सवारीमा मात्र लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ।
विभागका अनुसार इन्धन मूल्य वृद्धिलाई आधार बनाएर १३ सूचक विश्लेषणपछि भाडा समायोजन गरिएको हो। यो वृद्धि अन्तरप्रदेश चल्ने यात्रुवाहक तथा मालवाहक सवारीमा मात्र लागू हुनेछ भने छोटो दूरीका भाडा प्रदेश सरकारले निर्धारण गर्ने व्यवस्था यथावत् रहेको छ।