Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपसभामुख निर्वाचन चैत २७ गते

उपसभामुख निर्वाचन चैत २७ गते

काठमाडौँ । प्रतिनिधि सभामा उपसभामुख पदको निर्वाचन चैत २७ गते हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले निर्वाचनका लागि कार्यतालिका आजै प्रकाशन गर्न निर्देशन दिएका छन्।

चैत २२ गते सभामुख निर्वाचन भएको थियो। प्रतिनिधि सभा नियमअनुसार बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

उपसभामुख रास्वपा बाहेकका दलका सांसदबाट निर्वाचित हुनेछन्, किनभने सभामुख र उपसभामुख एकै दलका हुन सक्दैनन्।