Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डोटीको आदर्शमा टर्दै खानेपानीको समस्या, ३ हजार ७ सय घरधुरीमा धारा जडान गरिदै

डोटीको आदर्शमा टर्दै खानेपानीको समस्या, ३ हजार ७ सय घरधुरीमा धारा जडान गरिदै

काठमाडौँ । जिल्लाको आदर्श गाउँपालिकामा वर्षौंदेखि देखिँदै आएको खानेपानीको समस्या अब भने टर्ने भएको छ । स्थानीय सरकारको अथक प्रयासपछि स्थानियहरूले बर्षौ देखि भोग्दै आएको खानेपानीको समस्या अब भने टर्दै धेरै सहज हुने भएको हो । जसको स्वरूप अहिले पाईल लाईन विस्तारको काम सम्पन्न भएको छ भने त्यसपछि गाउँपालिकाभरि ३ हजार ७ सय घरधुरीमा धारा जडान गरिने छ ।

WhatsApp Image 2026-04-08 at 3.18.45 PM (1).jpeg

गाउँपालिका अध्यक्ष गणेश खड्काका अनुसार लामो समयदेखि योजना निर्माण, स्रोत व्यवस्थापन र प्राविधिक समन्वयका कारण ढिलाइ भएको काम अहिले सफलताको नजिक पुगेको हो। “धेरै मेहनत र निरन्तर प्रयासपछि काम सफल हुने अवस्थामा पुगेको छ,” उनले भने, “सबै वडाका ३ हजार ७ सय घरधुरीमा खानेपानीको धारा जडान हुनेछ, जसले स्थानीयको दैनिक जीवन सहज बनाउनेछ।”

खानेपानीको अभावका कारण यसअघि स्थानीयवासीले टाढाटाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको छ । विशेषगरी महिलाहरू र बालबालिकाले पानीका लागि धेरै समय खर्च गर्नुपर्ने अवस्था छ। योजना सम्पन्न भएपछि यस्तो समस्या हट्ने अपेक्षा गरिएको छ। 

गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकायले खानेपानीको समस्या समाधान भए गाउँपालिकाको सबैभन्दा ठूलो चुनौती टर्ने बताइन्। “यो योजना सफल भए नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार आउनेछ,” उनले भनिन्। उनले परियोजना कार्यान्वयनमा सहयोग गर्ने सबै निकाय, कर्मचारी, प्राविधिक टोली तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्दै काम छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरिन्।

यस परियोजना अन्तर्गत मुख्य मुहानबाट पाइपलाइन विस्तार, ट्यांकी निर्माण, वितरण लाइन जडान र घरघरमा धारा पुर्‍याउने काम भइरहेको छ। स्थानीय तहका अनुसार केही स्थानमा प्राविधिक चुनौती रहे पनि समन्वयमार्फत समाधान गर्दै काम अघि बढाइएको छ।

WhatsApp Image 2026-04-08 at 3.18.46 PM (1).jpeg

खानेपानी सुविधा विस्तारसँगै स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। नियमित र सुरक्षित पानी उपलब्ध भएपछि जलजन्य रोग कम हुने, समय बचत हुने र कृषिमा समेत सहजता आउने विश्वास गरिएको छ।

स्थानीयवासीले पनि योजना चाँडै सम्पन्न भई घरघरमा धारा जडान हुनेमा आशावादी रहेको बताएका छन्। परियोजना पूरा भएपछि आदर्श गाउँपालिकालाई खानेपानीको समस्या समाधानतर्फ महत्वपूर्ण उपलब्धि मानिने गाउँपालिकाको भनाइ छ।