काठमाडौँ । सरकारले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाएको छ। अब यी झोलाहरूको उत्पादन, आयात, बिक्री र प्रयोगमा रोक लाग्नेछ।
निर्देशिकाले प्लास्टिक व्यवस्थापनलाई थप कडा र वैज्ञानिक बनाउँदै, वातावरणीय प्रदूषण कम गर्ने उद्देश्य राखेको छ। ४० माइक्रोनभन्दा बढी झोलाहरू टिकाउ र पुनः प्रयोगयोग्य हुने हुँदा वातावरणमा असर कम पर्ने देखाइएको छ।