काठमाडौँ । सरकारले सार्वजनिक यातायात र मालवाहक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक स्वीकृति पाएपछि नयाँ भाडादर कार्यान्वयनको तयारी गरेको हो।
-
सार्वजनिक यातायात: १६.७१% वृद्धि
-
पहाडी क्षेत्र (मालवाहक): २१.६८% वृद्धि
-
तराई क्षेत्र (मालवाहक): १५.७५% वृद्धि
भाडा वृद्धिको कारणमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अन्य प्राविधिक कारण रहेका छन्। विभागले केही समयभित्रै आफ्नो वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ दर लागू भएपछि दैनिक यात्रु खर्च र उपभोग्य वस्तुको मू+ल्यमा पनि असर पर्न सक्ने अनुमान छ।