काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ। गृह मन्त्रालय स्रोतका अनुसार अदालतबाट अनुमति लिएर आवश्यक प्रक्रिया अघि बढाइएको हो।
गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुँदा उनीहरू घाइते भएका थिए। घटनापछि घरभित्र जलेको अवस्थामा नगद भेटिएको दाबी गर्दै केही भिडियोहरू सार्वजनिक भएका थिए।
हाल देउवा दम्पती स्वास्थ्य उपचारका लागि हङकङमा रहेको बताइएको छ।