Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सोविता गौतम र स्विस राजदूतबीच भेट

सोविता गौतम र स्विस राजदूतबीच भेट

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीबीच भेटवार्ता भएको छ। बुधबार भएको भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल गरिएको हो।

राजदूत म्युलीले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। भेटका क्रममा नेपाल–स्विट्जरल्यान्ड सम्बन्ध, सहकार्य विस्तार, शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धिका विषयमा विचार आदान–प्रदान भएको बताइएको छ।