काठमाडौँ । राष्ट्रियसभाका चार विषयगत समितिका नव–निर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधबार आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन्।
शपथ लिनेमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी पूजा चौधरी, विधायन व्यवस्थापन समितिका कृष्णबहादुर रोकाय, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी जयन्तीदेवी राई तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका कृष्णप्रसाद पौडेल रहेका छन्।
नवनिर्वाचित सभापतिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।