Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महोत्तरी मोटरसाईकल दुर्घटना : घाईते र मृतकको पहिचान खुल्यो

महोत्तरी मोटरसाईकल दुर्घटना : घाईते र मृतकको पहिचान खुल्यो

काठमाडौँ । महोत्तरीको जलेश्वर–सम्सी सडकखण्डमा भएको मोटरसाईकल दुर्घटनामा महोत्तरीका ३ जनाको मृत्यु र ३ जना घाइते भएका छन्।

मृतकमा जलेश्वर–६ का २० वर्षिय रवी दास, २० वर्षिय सुवास दास र एकडाडा–३ का अभिषेक मण्डल छन्। घाइतेमा रोहित दास, अभय कापर र अजय ठाकुर रहेका छन्, जो अहिले जलेश्वर अस्पतालमा उपचाररत छन्।

दुर्घटनापछि मोटरसाइकलमा आगो लाग्दा तीनै मृतक जलेको अवस्थामा फेला परेका थिए। मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले नम्बर खुल्न सकेको छैन।