Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नागढुंगा–मुग्लीन सडकमा ढिलासुस्ती: संसदमा कडा प्रश्न

नागढुंगा–मुग्लीन सडकमा ढिलासुस्ती: संसदमा कडा प्रश्न

काठमाडौँ । नागढुंगा–मुग्लीन सडकखण्डको सुस्त निर्माण र कमजोर व्यवस्थापनबारे संसदमै आवाज उठाइएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तमाङले सडक निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न माग गरिन्।

उनले राजधानीसँग जोडिएको मुख्य जीवनरेखा नै मानिने उक्त सडकखण्डमा ढिला–सुस्ती, कमजोर व्यवस्थापन र समन्वय अभावका कारण सर्वसाधारणले दैनिक सास्ती भोग्नु परेको बताइन्। समयमै काम सम्पन्न गर्न स्पष्ट कार्ययोजना र कडा अनुगमन आवश्यक रहेको उनको जोड थियो।

यससँगै, उनले त्रिशूली नदीलगायत क्षेत्रमा नदीजन्य पदार्थको अव्यवस्थित उत्खनन भइरहेकाले वातावरणीय सन्तुलन बिग्रँदै गएको र स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित भएको विषय पनि उठाइन्।