काठमाडौँ । केपी ओली र रमेश लेखकको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।
न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेल को इजलासमा आज उनीहरूको तर्फबाट वकिलहरूले बहस गरेका छन्।
भदौ २३–२४ को घटनासँग सम्बन्धित जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरीले दुवैलाई चैत १४ गते बिहान पक्राउ गरेको थियो। अहिले उनीहरूमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।