Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

७ हजारभन्दा बढी सट्टेबाजी एप र वेबसाइट बन्द

७ हजारभन्दा बढी सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडौँ । अनलाइन सट्टेबाजीविरुद्ध सरकारले कडा अभियान थालेको छ, जसअन्तर्गत ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गर्दै अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजी प्लेटफर्महरू पहिचान गरी बन्द गरेको हो। 

पछिल्लो एक सातामा मात्रै ५० भन्दा बढी गुनासा प्राप्त भएपछि कारबाही तीव्र बनाइएको हो।