Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अर्थ मन्त्रालयद्वारा आगामी बजेट तयारीका लागि ‘बजेट लेखन समिति’ गठन

अर्थ मन्त्रालयद्वारा आगामी बजेट तयारीका लागि ‘बजेट लेखन समिति’ गठन

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ।

समितिको मुख्य उद्देश्य आगामी बजेट वक्तव्यको मस्यौदा तयार गर्नु, बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्नु र संघीय संसद्को दुवै सदनमा पेश हुने विनियोजन विधेयकको तयारी गर्नु हो। समितिमा बजेट तथा कार्यक्रम, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध, आर्थिक नीति विश्लेषण र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुखहरू सदस्य रहेका छन्।

समितिले मुलुकको वर्तमान आर्थिक स्थिति र विकास लक्ष्यलाई ध्यानमा राख्दै आगामी बजेटको पूर्ण खाका तयार गर्ने जिम्मेवारी पाएको छ।