काठमाडौँ । बागमती प्रदेश सभा बैठक आह्वान गर्ने तयारी गरिएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सभा बस्न सकेको थिएन।
प्रदेश सरकारले केही दिनमै मन्त्रिपरिषद् बैठकमार्फत संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गर्नेछ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई कांग्रेस संसदीय दलले एक हप्ताभित्र बैठक बोलाउन आग्रह गरेको थियो भने सत्ता साझेदार एमालेले पनि दबाब बढाउँदै आएको थियो।
प्रदेश सभाको पछिल्लो बैठक गत साउन २७ मा बसेको थियो। सरकारले आउँदो एक हप्ताभित्र बैठक चलाउने तयारी गरेको बताइएको छ।