काठमाडौँ । पूर्व स्वास्थ्य मन्त्री सुधा शर्मा गौतमले आफ्नो छोटो कार्यकालमा आयुर्वेद क्षेत्रको विकासका लागि महत्वपूर्ण आधार तयार पारेको बताएकी छन्। काठमाडौंमा आयोजित नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ राष्ट्रिय सम्मेलनमा उनले बुढानिलकण्ठस्थित पञ्चकर्म केन्द्र सञ्चालनको प्रक्रियालाई प्रमुख उपलब्धि भनेकी छिन्।
गौतमका अनुसार, आवश्यक दरबन्दीको ओएनएम सर्वे गरी केही पद स्वीकृत गराउन सफल भई प्रस्ताव अन्तिम मन्त्रिपरिषद्मा लैजाने तयारीमा छ। उनले सिंहदरबार वैद्यखानाको खस्कँदो अवस्था सुधार्दै सेवा विस्तारका लागि थप दरबन्दी स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिइन्।
साथै, काठमाडौंका कीर्तिपुर, क्षेत्रपाटी लगायत जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाको स्थलगत अनुगमन गरी अवस्था बुझिएको उनले बताइन्। गौतमले दीर्घकालीन योजना, जनशक्ति व्यवस्थापन र नीतिगत सुधारको आवश्यकता औंल्याउँदै आयुर्वेदको गरिमा र सेवाको पहुँच बढाउन सरकार र चिकित्सक दुवैको सक्रियता जरुरी रहेको पनि उल्लेख गरिन्।