Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बाजुरामा समयमै पाठ्यपुस्तक पुगे, विद्यार्थी खुसी

बाजुरामा समयमै पाठ्यपुस्तक पुगे, विद्यार्थी खुसी

काठमाडौँ । बाजुरामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अघि नै पाठ्यपुस्तक वितरण सम्पन्न भएको छ। पछिल्ला दुई–तीन वर्षमा समयमै पाठ्यपुस्तक पुग्ने परम्परा बसिसकेको छ, जसले विद्यार्थीहरूमा खुशी र सहजता बढाएको छ।

शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख लाल बहादुर बिष्टका अनुसार कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयका विद्यार्थीलाई आवश्यक पुस्तक शिक्षा मन्त्रालयको निर्णयअनुसार उपलब्ध गराइएको छ। सदरमुकाम मार्तडीका विक्री केन्द्रहरूमा सबै आवश्यक पाठ्यपुस्तक पुगेका छन् र ११ भन्दा बढी विद्यालयले पुस्तक प्राप्त गरिसकेका छन्।

शिक्षक कठक बहादुर रोकायाले भने, “समयमै पाठ्यपुस्तक पुगेपछि भर्नासँगै विद्यार्थीलाई किताब दिन सहज भएको छ। यसले सिकाईमा समेत सुधार ल्याएको छ।”

सरकारले हिमाली र पहाडी जिल्लालाई प्राथमिकतामा राखेर समयमै पुस्तक पुर्याउने लक्ष्य राखेको छ। हाल बाजुरामा २३७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्, र सबै ९ वटै पालिकामा पाठ्यपुस्तक वितरण सकिएको छ।