Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ

व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई काठमाडौंबाट पक्राउ गरिएको छ। उनलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।

केही दिनअघि मात्रै सम्पत्ति शुद्धीकरण विभागले उनको राहदानी रोक्ने निर्णय गरेको थियो। विभागले अध्यागमनलाई पत्र लेखेर आवतजावत रोक्न निर्देशन दिएको थियो। भट्टमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा केही वर्षदेखि अनुसन्धान भइरहेको थियो, तर जेन–जी आन्दोलनपछि अनुसन्धानमा तीव्रता आएको थियो। उनी काठमाडौँ नक्साल गैरीधाराबाट पक्राउ परेका हुन्।