काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै दलित समुदायसँग माफी मागेका छन्। उनले सदियौँदेखि भइरहेको अन्यायका लागि हात जोडेर माफी माग्दै भने, “यो देशको दलित समुदायलाई मैले आज केही भन्नु छ।”
लामिछानेले सरकारको तर्फबाट पनि दलित समुदायसँग माफी माग्दै भनाए कि अब कुनै पनि नेपाली जातका आधारमा अपमानित महसुस गर्ने अवस्था हुनेछैन। उनले दलित समुदायले भोगेको विभेद र अन्यायलाई संगठित अपराधको रुपमा उल्लेख गरेका छन्।
प्रतिनिधिसभामा रास्वपाले १२५ सिट, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति ३, राप्रपा १ र स्वतन्त्र १ सिटमा बसेको छ।