काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँग मिलेर २०८३ वैशाख १ देखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।
लगनखेल–बुढानीलकण्ठ र थानकोट–विमानस्थल रुटमा ४ विद्युतीय बस राति ८ देखि ११ बजेसम्म चल्नेछन्।
हरेक २० मिनेटमा बस उपलब्ध हुनेछ भने सुरक्षाका लागि सीसीटिभी र नगर प्रहरी व्यवस्था गरिनेछ।
महानगरले महँगो यात्रा र सुरक्षासम्बन्धी समस्यालाई समाधान गर्न यो सेवा सुरु गर्न लागेको जनाएको छ।