Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दासढुङ्गामा बस–ट्याङ्कर ठक्कर, १३ घाइते

दासढुङ्गामा बस–ट्याङ्कर ठक्कर, १३ घाइते

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बस र तेल ट्याङ्कर ठोक्किँदा १३ जना घाइते भएका छन्। वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारमा रोकी राखिएको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको हो।

घाइतेहरूलाई उद्धार गरी भरतपुरस्थित नेशनल सिटी अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनापछि बस र ट्याङ्कर चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ भने दुवै सवारी घटनास्थलमै रहेका छन्। सडक भने अवरुद्ध नभएको बताइएको छ।