Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सर्वदलीय बैठक: सभामुखको निर्वाचन २२ गते हुने तय

सर्वदलीय बैठक: सभामुखको निर्वाचन २२ गते हुने तय

काठमाडौं। प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने निश्चित भएको छ। आज बसेको सर्वदलीय बैठकमा सो प्रस्ताव पेश भएको र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले जानकारी दिइन्।

ओलीले भनिन्, “२२ गते सभामुखको निर्वाचन गरेर सोही दिन पदबहाली गर्ने योजना छ। अहिलेसम्म को सभामुख बन्ने भन्ने निर्णय भएको छैन।”

सर्वदलीय बैठकमा प्रतिनिधिसभाको बैठक सुचारु गर्ने विषयमा पनि छलफल भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, “प्रतिनिधिसभाको बैठक सुचारु गर्ने विषयमा सर्वदलीय बैठकमा विचार विमर्श गरियो। यसमा कुनै दलले विशेष प्रस्ताव भने राखेको छैन। तर बैठक सुचारु हुने देखिएको छ।”

यस निर्णयसँगै संसद्मा नयाँ सभामुख चयन प्रक्रिया र बैठक संचालनका तयारी अघि बढ्ने भएको छ।