Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पोखराको ‘ट्रान्स पार्टी’ प्रकरणमा १२ विरुद्ध मुद्दा, २६ रिहा

पोखराको ‘ट्रान्स पार्टी’ प्रकरणमा १२ विरुद्ध मुद्दा, २६ रिहा

काठमाडौँ । पोखरामा सञ्चालन भएको अवैध ‘ट्रान्स पार्टी’ प्रकरणमा पक्राउ परेकामध्ये ३८ जनामध्ये १२ जनाविरुद्ध मुद्दा चलाउने निष्कर्ष प्रहरीले निकालेको छ भने बाँकी २६ जनालाई सोधपुछपछि छाडिएको छ।

मुद्दा चलाइएकामध्ये भारतीय नागरिक श्रृष्टी चन्द र अनुभव शर्मा, साथै नेपालका विभिन्न स्थानका विशाल परियार, आशिष दर्जी, बमेन्द्र पुन, सौरभ महरा, निकुञ्ज कार्की, सक्षम कोइराला, रोशन अधिकारी, विवेक परियार र लोकबहादुर घर्तीमगर रहेका छन्। त्यस्तै ब्राजिलका नागरिक चार्ल्स गुवाइवा विरुद्ध पनि मुद्दा चलाउने तयारी गरिएको छ।

पोखरामा यसअघि पनि लुकीछिपी यस्ता पार्टीहरू हुँदै आएका भए पनि यसपटक ठूलो संख्यामा सहभागी पक्राउ परेको उल्लेख गरिएको छ। यसअघि २०७५ चैतमा खहरे क्षेत्रमा ४४ जना पक्राउ परेका थिए भने २०६९ सम्म फूलबारी रिसोर्टमा यस्ता गतिविधि हुने गरेको तथ्य भेटिएको थियो।