Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जिप दुर्घटनामा सरकारी कर्मचारीको मृत्यु

जिप दुर्घटनामा सरकारी कर्मचारीको मृत्यु

काठमाडौँ । दार्चुलास्थितमा जिप दुर्घटना हुँदा दुई सरकारी कर्मचारीको मृत्यु भएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलाका कर्मचारी सवार जिप मंगलबार दुर्घटनामा परेको हो।

दुर्घटनामा वरिष्ठ प्रशासकीय अधिकृत ४५ वर्षीय भरत तितरा र इन्जिनियर ३५ वर्षीया मनिषा पालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। तितरा शैल्यशिखर–१ बलाँचका र पाल मालिकार्जुन गाउँपालिका–७ की बासिन्दा थिइन्।

उनीहरू योजनाको अनुगमन तथा नापजाँचका लागि काडापारीबाट ओसिलतर्फ जाँदै गर्दा दुर्घटनामा परेका जनाइएको छ।