काठमाडौँ । बिहानै राजनीतिक सरगर्मी बढाउने गरी रवि लामिछाने र महन्थ ठाकुर बीच बुढानिलकण्ठस्थित निवासमा भेटवार्ता भएको छ। भेटमा वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका प्राथमिकता तथा आगामी योजनाबारे गहन छलफल भएको बताइएको छ।
छलफलका क्रममा पछिल्लो जनादेशलाई आधार मान्दै समग्र राष्ट्रिय विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा दुबै नेताहरू सकारात्मक देखिएका छन्। उनीहरूले आपसी समझदारीमार्फत प्रभावकारी काम अघि बढाउने संकेतसमेत दिएका छन्।