Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चोर बाटोबाट आएको कुखुरा समातियो: रौतहटमा ७५० केजी अवैध बोइलर बरामद

चोर बाटोबाट आएको कुखुरा समातियो: रौतहटमा ७५० केजी अवैध बोइलर बरामद

काठमाडौँ । भारतबाट अवैध रूपमा चोर बाटो हुँदै भित्र्याइएको ठूलो परिमाणको बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सुराकीका आधारमा गरिएको कारबाहीमा करिब ७५० केजी (३५० पिस) कुखुरा बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीले सोमबार बिहान दुर्गा भगवती गाउँपालिका–३, मत्सरीस्थित गौर–गंगापिपरा सडक खण्डमा ना ५ च ३५६५ नम्बरको बोलेरो गाडी रोकेर जाँच गर्दा उक्त कुखुरा फेला पारेको हो।

अनुसन्धानका क्रममा कुखुरा राजपुर नगरपालिका–५ स्थित मुस्कान पोल्ट्री फार्मबाट निकालेर गरुडा नगरपालिका–९ तर्फ लैजाँदै गरेको खुलेको छ। घटनामा संलग्न गाडी चालक, २६ वर्षीय अनवारुल हकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद कुखुरा, गाडी र चालकलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको छ। अवैध आयात नियन्त्रणका लागि स्थानीय कुखुरा व्यवसायीहरूको समन्वयमा प्रहरी सक्रिय बनेको जनाएको छ।