Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मेची राजमार्गमा फेरि पहिरो: रातभर खुलेको सडक बिहानै बन्द

मेची राजमार्गमा फेरि पहिरो: रातभर खुलेको सडक बिहानै बन्द

काठमाडौँ । राति मात्रै पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको मेची राजमार्ग आज बिहानै पुनः अवरुद्ध भएको छ। बिहान फेरि पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द हुँदा यातायात सेवा प्रभावित बनेको हो।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार नयाँ पहिरोले सडक पुनः थुनिएको हो। अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

लगातार पहिरो खस्ने क्रमले यात्रुहरू जोखिममा परेका छन् भने आवागमनमा अनिश्चितता बढेको छ।