Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओली पक्राउविरुद्ध माइतीघरमा एमाले प्रदर्शन, क्षेत्र तनावग्रस्त

ओली पक्राउविरुद्ध माइतीघरमा एमाले प्रदर्शन, क्षेत्र तनावग्रस्त

काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले माइतीघरमा प्रदर्शन गर्दा क्षेत्र तनावग्रस्त बनेको छ।

शुक्रबार बिहान ओलीलाई प्रहरीले गिरफ्तार गरेसँगै एमालेका २३ जनसंगठनहरूले एकीकृत रूपमा माइतीघरमा प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले निषेधाज्ञा उल्लङ्घन गर्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको थियो। यस क्रममा माइतीघर क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।