काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिको घन्टाघर नजिक रहेको थकाली रेस्टुरेन्टमा शनिबार दिउँसो आगलागी भएको छ।
प्रहरीका अनुसार आगो भवनको माथिल्लो तलामा फैलिएको छ। घटनास्थलमा दमकल र सुरक्षाकर्मी परिचालन गरी आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।
अहिलेसम्म आगलागीको कारण स्पष्ट भएको छैन। प्रहरी घटनाको कारण पत्ता लगाउन अनुसन्धानमा जुटेको जनाएको छ।