Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सपथ र सुनुवाइ एकैदिन: लामिछानेको आज पनि मुद्दाको सुनुवाई हुँदै

सपथ र सुनुवाइ एकैदिन: लामिछानेको आज पनि मुद्दाको सुनुवाई हुँदै

काठमाडौँ । रवि लामिछानेका लागि बिहीबार दुई फरक तर महत्वपूर्ण घटनाले एकैदिन जुधेका छन्। एकातर्फ उनी सांसदका रूपमा सपथ लिँदै छन् भने अर्कोतर्फ सर्वोच्च अदालतमा उनको मुद्दाको सुनुवाइ जारी छ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्चमा केही दिनदेखि निरन्तर सुनुवाइ भइरहेको छ। आज पनि यही मुद्दामा बहस अघि बढ्दैछ, जसले राजनीतिक र कानुनी दुवै क्षेत्रमा चासो बढाएको छ।

न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रहेको मुद्दामा यसअघि रिट निवेदक पक्षले बहस गरिसकेको छ। आज महान्यायाधिवक्ता सविता भण्डारी नेतृत्वको सरकारी वकिल टोलीले जवाफी बहस गर्नेछ।

भण्डारीले यसअघि लामिछानेविरुद्धका मुद्दामा आरोपपत्र संशोधन गर्दै केही आरोप फिर्ता लिन निर्देशन दिएकी थिइन्। सुरुमा उक्त निर्णय लामिछानेमा मात्रै लागू गरिएको थियो भने आलोचना भएपछि अन्य आरोपितमा पनि विस्तार गरिएको थियो। यही निर्णयलाई लिएर कानुनी विवाद उत्पन्न भएको हो।

काठमाडौं, कास्की, पर्सा र रुपन्देहीमा दर्ता भएका मुद्दासम्बन्धी निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले सर्वोच्चमा रिट दायर गरेका हुन्। सर्वोच्चले यसअघि नै सम्बन्धित कागजात मगाइसकेको छ।

एकैदिन सपथ र सुनुवाइ परेकाले लामिछाने प्रकरणलाई आज विशेष चासोका साथ हेरिएको छ।