Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कार्की आयोग निष्पक्ष नभएको पोखरेलको आरोप

कार्की आयोग निष्पक्ष नभएको पोखरेलको आरोप

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगमाथि प्रश्न उठाएका छन्। उनले उक्त आयोग निष्पक्ष छानबिनका लागि नभई अन्य उद्देश्यका लागि बनेको बताएका छन्।

बिहीबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले आयोगको प्रतिवेदनले नै यसको निष्पक्षतामाथि शंका पैदा गरेको उल्लेख गरेका छन्। उनका अनुसार आयोग र ०८२ को आम निर्वाचनसँग जोडिएको ‘अल्गोरिदम’ प्रयोगले नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिन खोजिएको स्पष्ट देखिन्छ।

पोखरेलले अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको दाबी गरेका छन्। साथै उनले अबको समय राष्ट्र र लोकतन्त्रका लागि चुनौतीपूर्ण हुने चेतावनी दिँदै, यस्तो प्रवृत्ति दीर्घकालीन समाधान नभएको बताएका छन्।