काठमाडौँ । मकवानपुरको कान्तिलोकपथ अन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा बुधबार बिहान भएको ट्रक दुर्घटनाले एक जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्ज महानगरपालिका–३२ निवासी २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो।