Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शीतल निवासमा शपथ, ज्येष्ठ सदस्य केसी औपचारिक रूपमा जिम्मेवारीमा

शीतल निवासमा शपथ, ज्येष्ठ सदस्य केसी औपचारिक रूपमा जिम्मेवारीमा

काठमाडौं । बुधबार आयोजित एक औपचारिक समारोहबीच प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवासमा सम्पन्न कार्यक्रममा केसीले ज्येष्ठ सदस्यका रूपमा शपथ ग्रहण गरेका हुन्।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल लगायत मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।