Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इटहरीको क्याफेमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी

इटहरीको क्याफेमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौँ । सुनसरीको इटहरीस्थित व्यस्त क्षेत्रमा रहेको एक क्याफेमा बुधबार बिहान अचानक आगलागी हुँदा स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

इटहरी उपमहानगरपालिका–७ मा रहेको पूर्वाञ्चल क्याफेमा लागेको आगो निभाउन धरान, इनरुवा र इटहरीबाट पुगेका ५ वटा दमकल प्रयोग भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आगो नियन्त्रण गर्ने प्रयास जारी रहेको छ।

क्याफेभित्र कोही फसेका छन् वा छैनन् भन्नेबारे अझै स्पष्ट भइसकेको छैन। आगलागीको कारण पनि हालसम्म खुल्न सकेको छैन।

स्थानीयका अनुसार, इटहरी उपमहानगरपालिकाको दमकल जेन्जी आन्दोलनका क्रममा आगजनीमा परेपछि समयमै नपुग्दा आगो फैलिएको हुन सक्ने अनुमान गरिएको छ।