Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बागमती नदीमा बेपत्ता व्यक्ति ३ दिनपछि मृत फेला

बागमती नदीमा बेपत्ता व्यक्ति ३ दिनपछि मृत फेला

काठमाडौँ । रौतहटको चन्द्रपुर–१ नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ, जसले स्थानीय क्षेत्रमा शोक फैलाएको छ।

सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतान चैत ७ गते माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए। मंगलबार बिहान करिब साढे ७ बजेतिर उनको शव नुनथर झोलुङ्गे पुलबाट करिब १०० मिटर उत्तरतर्फ पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली खोजीमा खटिएको थियो। इलाका प्रहरी कार्यालय चन्द्रपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङको नेतृत्वमा टोलीले लगातार तीन दिनसम्म खोजी कार्य सञ्चालन गरेको थियो।

खोजीका क्रममा सुरक्षाकर्मीहरूले डुंगाको प्रयोग गरी शव बाहिर निकालेका छन्। शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।