Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्वाचन सुरक्षा सफलतामा सुरक्षाकर्मीको योगदानको प्रशंसा

निर्वाचन सुरक्षा सफलतामा सुरक्षाकर्मीको योगदानको प्रशंसा

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्था सफल बनाउन खटिएका सुरक्षाकर्मीहरूको भूमिकाको उच्च प्रशंसा गरेका छन्।

सोमबार गृह मन्त्रालयमा आयोजित प्रशंसा पत्र वितरण कार्यक्रममा उनले केन्द्रदेखि जिल्ला तहसम्मका सुरक्षा समिति, कमाण्ड फोर्स, सुरक्षा सेल तथा सम्बन्धित सरकारी अधिकारीहरूको समन्वय र सक्रियतालाई राज्यका लागि ऐतिहासिक र जिम्मेवार योगदानका रूपमा उल्लेख गरे।

उनका अनुसार यसपटक निर्णय प्रक्रिया अघि बढाउँदा विभिन्न तहमा राम्रो समन्वय र विचार–विमर्श गरिएको थियो, जसले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुर्‍यायो।

गृहमन्त्री अर्यालले सुरक्षाकर्मीहरूको सिर्जनशीलता र क्षमताको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै समन्वयात्मक अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।