Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सभापति थापाको राजीनामाबारे निर्णय लिइने

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सभापति थापाको राजीनामाबारे निर्णय लिइने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै (आइतबार बिहान पौने ९ बजे) बैठक बसेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

गएको शुक्रबार बसेको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामासम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस दिन २५ केन्द्रीय सदस्यले उक्त प्रस्तावमाथि धारणा राखेपछि बैठक स्थगन गरिएको थियो ।

शुक्रबार बैठकमा धारणा राख्ने सबैले पार्टी सभापति थापाले निर्वाचनमा हारपछि नैतिकताका आधारमा राजीनामा दिएकाले अस्वीकार गर्ने बताएका थिए । बैठकमा थापा उपस्थित थिएनन् । आजको बैठकबाट त्यसबारे औपचारिक निर्णय लिइने प्रवक्ता चालिसेले बताए ।