Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ट्राभल लोटरीको नाममा करोडौं ठगी, ७ जना पक्राउ

ट्राभल लोटरीको नाममा करोडौं ठगी, ७ जना पक्राउ

काठमाडौँ । “विदेश भ्रमणको सुनौलो अवसर” भन्दै सर्वसाधारणलाई प्रलोभन देखाएर ठूलो ठगी गिरोह सक्रिय रहेको खुलेपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

काठमाडौंको थापा गाउँस्थित एक ट्राभल एजेन्सीबाट सञ्चालन गरिएको योजनाअनुसार उनीहरूले विभिन्न फोन नम्बरमार्फत “ट्राभल लोटरी परेको” भन्दै पीडितलाई झुक्याउँदै अत्यन्त सस्तोमा युरोप, एसिया र अफ्रिका घुमाउने आश्वासन दिएका थिए। तर रकम लिएपछि न त भ्रमण गराइयो, न त पैसा फिर्ता गरियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, उक्त समूहले हालसम्म ३२८ जनाबाट करिब २ करोड ७२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको छ।

पक्राउ पर्नेमा नेपाल र भारतका नागरिकहरू रहेका छन्। उनीहरूको साथबाट नगद ७ लाख रुपैयाँसहित कम्प्युटर, ल्यापटप, ट्याब, छाप, रिसिप्ट प्याड र हजारौं कुपन बरामद गरिएको छ।

यो गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।