Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौं महानगरको स्वास्थ्य सहकार्य, प्रसूति गृह र आँखा अस्पतालसँग सम्झौता

काठमाडौं महानगरको स्वास्थ्य सहकार्य, प्रसूति गृह र आँखा अस्पतालसँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिका र थापाथलीस्थित परोपकार तथा प्रसूति गृह, नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीबीच स्वास्थ्य तथा सामुदायिक सहयोग सम्बन्धी कामका लागि सम्झौता भएको छ।

बिहीबार सम्पन्न सम्झौतापछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन र सेवा प्रवर्द्धनका लागि विभिन्न संस्थासँग सहकार्य गरिएको बताइन्।

उनका अनुसार स्थान अभावका बीच स्वास्थ्य प्रवर्द्धन केन्द्रका कामहरू प्रभावकारी बनाउन प्रसूति गृहसँगको सहकार्य महत्वपूर्ण हुने छ। साथै उनले काम छिटो र व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्।

डंगोलले विद्यार्थीमा बढ्दो आँखासम्बन्धी समस्या चिन्ताजनक रहेको उल्लेख गर्दै नेपाल आँखा अस्पतालसँगको सहकार्यबाट करिब २० हजार विद्यार्थी लाभान्वित हुने बताइन्।

जनशक्ति अभाव भए पनि आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरेर सेवा प्रभावकारी बनाइने उनको भनाइ थियो।