Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण, ११० जना औपचारिक रूपमा निर्वाचित

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण, ११० जना औपचारिक रूपमा निर्वाचित

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ, जससँगै उनीहरूको औपचारिक मान्यता सुनिश्चित भएको छ।

बिहीबार आयोजित कार्यक्रममा ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरिएको हो। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ ६ दलले सिट प्राप्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सिट जित्दा नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेकपा ले ९ तथा श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४–४ सिट हासिल गरेका छन्।

यसअघि प्रत्यक्षतर्फ निर्वाचित १६५ सांसदलाई भने मतपरिणाम सार्वजनिक भएसँगै सम्बन्धित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाणपत्र दिइसकिएको थियो।