Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सर्लाहीमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको ज्यान गयो

सर्लाहीमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको ज्यान गयो

काठमाडौँ । सर्लाहीमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ, जसले स्थानीय क्षेत्रमा शोकको माहोल सिर्जना गरेको छ।

बागमती नगरपालिका–२ सानो डाबरीस्थित भित्री सडक खण्डमा बिहीबार बिहान करिब ९ बजे दुर्घटना भएको हो। जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेका छोरा यनस गोलेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा संलग्न बस र चालक, हरिवन नगरपालिका–११ प्रगति टोल निवासी करिब ५० वर्षीय सुर्य बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखेको छ।

घटनापछि बालकको शव घटनास्थलमै राखिएको छ भने आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिएका छन्।