काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका हुन् ।
उनले २ महिना पनि पार्टी सभापति चलाउन सकेनन् । बदलिएको कांग्रेस २.० भनेर नारा घन्काए पनि पार्टी एक बनाउन सकेनन् । पार्टी सभापति शेरबहादुर देउवा र उनको समूहलाई गलहत्याएर माघ १ गते उनी पार्टी सभापतिमा निर्वाचित भएको घोषणा गरिएको थियो । उनको समूहमात्रै उपस्थित भएको विशेष महाधिवेशनलाई निर्वाचनमुखको किचोलोको कारण निर्वाचन आयोगले पनि गगन नेतृत्वलाई आधिकारिकता दिएको थियो ।
तर, देउवा समूहले सर्वाेच्च अदालतमा यसविरुद्ध रिट दायर गरिसकेको छ ।
बदलिएको कांग्रेस भन्दै निर्वाचनमा अबकी बार सय पार भन्दै एक सय सांसद जित्ने र आफू प्रधानमन्त्री बन्ने गगनको योजना थियो । तर उनले न यसअघि कांग्रेसबाटै विद्रोह गरेर निस्केका अमरेशकुमार सिंहबाट भारी मतान्तरको हार व्यहोर्नुपर्याे ।
निर्वाचनमा पार्टी र आफूले लज्जास्पद हार व्यहोरेका थापाले यसअघि नै राजीनामाको तयारी गरेको भनेर मिडिया ट्रायलसमेत गराउन भ्याएका थिए । उपसभापति विश्वप्रकाश शर्मालाई भेटेर उनले राजीनामा दिन खोजेको तर, शर्माले नै रोकेको भनिएको थियो । तर अहिले उनैले थापाको राजीनामा बुझेका हुन् ।
चैत ६ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । उक्त बैठकमा उनको राजीनाको प्रस्ताव पेस हुनेछ । उक्त बैठकले नै राजीनामा स्वीकृत गर्ने, नगर्ने निर्क्योल गर्नेछ ।
केन्द्रीय समितिमा आफ्ना गुटका मात्रै सदस्य उपस्थित हुने हुँदा उनको राजीनामा स्वीकृत गरिएन भनेर कांग्रेसको नाममा गगन थापाहरूले भन्ने सम्भावना पनि उत्तिकै छ ।
निर्वाचनमा रास्वपासँगको लडाइँ गगनका लागि भारी पर्यो । यसअघिको निर्वाचनमा सदनकै पहिलो ठूलो दल कांग्रेस थियो कांग्रेस । रास्वपा भने चौथो थियो । तर, यसपटक रास्वपा झन्डै दुई तिहाइनजिक छ भने गगन सभापति भएको कांग्रेस लज्जापद हारसँगै प्रमुख प्रतिपक्षी बनेको छ । संसदमा प्रमुख प्रतिपक्षी पनि इतिहासमै सबैभन्दा कमजोर हुनेवाला छ ।