Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ट्रेडमार्क विवाद चर्कियो, ७ दिनको अल्टिमेटम

बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ट्रेडमार्क विवाद चर्कियो, ७ दिनको अल्टिमेटम

काठमाडौँ । विश्वप्रसिद्ध  ब्रान्डहरूको ट्रेडमार्क दुरुपयोगको आरोप लागेपछि नेपालमा कानुनी प्रक्रिया तीव्र बनेको छ।

कोकाकोला, जुम, ह्युगो बोस लगायत बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो व्यापारिक चिन्ह चोरी भएको भन्दै उजुरी दिएपछि उद्योग विभागले आरोपित नेपाली कम्पनीहरूसँग स्पष्टीकरण माग गरेको हो।

यसअघि पठाइएको म्याद सूचना बेवास्ता गरेपछि ११ वटा स्वदेशी उद्योग तथा कम्पनीलाई विभागले पुनः सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र प्रमाणसहित उपस्थित हुन अन्तिम चेतावनी दिएको छ।